जनता टाइम्स

१ श्रावण २०८०, सोमबार १९:२०

जबरजस्ती करणीको आरोपमा दाङबाट एक जना पक्राउ


दाङ, १ साउन । दाङमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–८ सौडीकुला निवासी २६ वर्षीय अनिल नेपाली रहेका छन् ।

रोल्पाकी १८ वर्षीया किशोरीलाई बिहीबार राति ललाइफकाई आफ्नै घरमा ल्याएर जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

थुनामा राखेर उनको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताउनुभयो ।