जनता टाइम्स

२ श्रावण २०८०, मंगलवार १२:००

पार्टी काममा बढ्यो भीम रावलको सक्रियता, अछाममा गरे कार्यकर्ता भेला


काठमाडौं, २ साउन । नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय हुनुभएको छ ।

गृह जिल्ला अछाम पुग्नुभएको पुर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय हुनुभएको हो । अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उहाँले पार्टीका गतिबिधि र काम कारबाहीका बारेमा छलफल गर्नुभएको छ । उहाँले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा राख्नुभएको छ ।

चितवन महाधिवेसनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल पछिल्लो समयमा पार्टी गतिबिधिवाट टाढा रहदैँ आउनुभएको थियो । उहाँलाई पार्टीमा सक्रिय बनाउनका लागि बार्ता टोलीसमेत गठन गरिएको थियो । तर, लामो समयदेखी पार्टी गतिबिधिमा असंलग्न देखिनुभएको रावल आज भने गृह जिल्ला अछाममा पार्टीको ब्यानर र झन्डा मुनी बसेर छलफल गरिरहनुभएको छ ।