जनता टाइम्स

२ श्रावण २०८०, मंगलवार १८:२७

धोकेवाज भन्दै मिटरब्याज पीडितले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा


काठमाडौं, साउन २ । मिटरव्याज पीडितहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धोकेवाजको संज्ञा दिँदै राजीनमा मागेका छन । काठमाडौंमा आज प्रदर्शन गर्दै उनीहरुले गृहमन्त्री श्रेष्ठले आफूहरुलाई जानाजान धोका दिएको भन्दै राजीनामा मागेका हुन ।

उनीहरुले संसदबाट पारित बिद्येयकप्रतिसमेत कडा असन्तुष्टि जनाएका छन । मिटर व्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समितिले आज नयाँ बानेश्वरमा प्रदर्शन गर्दै उनीहरुले सरकारले ल्याएको मिटरव्याज सम्बन्धी नयाँ बिधेयकप्रति असन्तुष्टीसमेत जनाएका छन ।

संघर्ष समितिले आज काठमाडौंमा प्रदर्शनसहित संसद भवन घेराउ गरेको छ । प्रदर्शनको क्रममा पीडितहरुले नयाँ विधेयक मिटरव्याज पीडितको पक्षमा नआएसम्म आन्दोलन जारी रहने बताए ।

समितिका अनुसार सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पती छानविन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न सक्दैन ।