काठमाडौं, साउन ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गर्नुभएको छ ।
कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको ६ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
कम्बोडियामा हुनगइरहेको निर्वाचन पर्यवेक्षण कालागी कम्बोडिया सरकारको निमन्त्रणामा अध्यक्ष ओली त्यसतर्फ लाग्नुभएको हो । अध्यक्ष ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, स्वकीय फोटोग्राफर अधिकृत दिनेश भण्डारीलगायत सहभागी हुनुहुन्छ ।ओली नेतृत्वको टोली साउन ८ गते स्वदेश फर्किने कार्यक्रम छ ।
कम्बोडिया प्रस्थान गर्नुअघि अध्यक्ष ओलीले पार्टीको कार्यवहाक अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारी क्रमशः वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्