जनता टाइम्स

५ श्रावण २०८०, शुक्रबार १२:०६

दाङमा बसभित्र ७३ वर्षीष वृद्धामाथि सामूहिक बलात्कार


दाङ, ५ साउन । दाङमा ७३ वर्षीया एक वृद्ध महिलालाई बसभित्र सामूहिक बलात्कार गरेको आरोप दुई जना पक्राउ परेका छन् ।

तुलसीपुर–५ स्थित बसपार्कभित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र वृद्धालाई सामूहिक बलात्कार गरेको आरोप तुलसीपुर १५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका रेशम विकलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो ।

वृद्धा कराएपछि स्थानीयले प्रहरीलाई खबर गरे । त्यसपछि पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।