जनता टाइम्स

८ श्रावण २०८०, सोमबार १६:४१

एनआरएनए अमेरिकामा सिण्डिकेट तोडियो, अध्यक्षमा बञ्जाडे निर्वाचित हुँदा कुन उम्मेदवारको मत कति ? (सूचीसहित)


अमेरिका, साउन ८ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा डा. अर्जुन बञ्जाडे निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा बञ्जाडेले ५७ सय ३९ मत प्राप्त गरी प्रतिस्पर्धी दिलु पराजुलीलाई पराजीत गर्नुभएको हो ।

पराजीत पराजुलीले ४८ सय ६ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा कुल १३ हजार ६ सय ९२ मतदाता रहेकोमा ११ हजार २ सय ६९ जनाले मतदान गरेका थिए । बञ्जाडे प्रवासी नेपाली मञ्च अमेरिकाको समर्थनमा उम्मेदवार बन्नुभएको थियो ।

निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा बिकाश उप्रेती निर्वाचित हुनुभएको छ । उहाँले अञ्जनकुमार चौलागाईलाई पराजीत गर्नुभएको हो । यसैगरी ४ जना उपाध्यक्षमा भानु खरेल, ज्ञानेन्द्र गुरुङ, नेत्र पाण्डे र प्रेम तामाङ, महिला उपाध्यक्षमा सुनिता सापकोटा कँडेल र युवा उपाध्यक्षमा अनुप खनाल निर्वाचित हुनुभएको छ ।

यस्तै महासचिवमा रामहरि अधिकारी, सचिवमा दिपक सापकोटा, महिला सचिवमा शान्ति पौडेल, कोषाध्यक्षमा सरोज सिग्देल र सहकोषाध्यक्षमा दिवाकर पाण्डे निर्वाचित हुनुभएको छ । यसैगरी युथ कोअर्डिनेटरमा तेज पौडेल, महिला कोअर्डिनेटरमा सुनिता खत्री निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यमा बाशुदेव भट्ट, बिष्णु बराल, डा. ज्ञानेन्द्र आचार्य (बलराज) नवराज न्यौपाने, मोहन कुसारी, लक्ष्मण दर्लामी र निमा शेर्पा निर्वाचित हुनुभएको छ । यस्तै महिलाबाट सदस्यमा दुर्गा तिवारी, रितादेवी प्रधान, सरस्वती शर्मा र सिर्जना शर्मा निर्वाचित हुनुभएको छ ।

निर्वाचनले आइसिसि सदस्यमा छत्रकुमारी गुरुङ, डोलखाथ घिमिरे, दुर्गेशजंग कार्की, गोबिन्दकुमार श्रेष्ठ, पदमबहादुर ठकुराठी, टंकराज रेग्मी, उत्तमकुमार कार्की र प्रबिन केसी निर्वाचित हुनुभएको छ ।

अमेरिकामा यसपटक पुरानो बिरासत तोडदै एनसीसीका संस्थापक पक्ष मानिनेको टीम पराजीत भएको छ । यो निर्वाचनमा नेकपा एमाले निकट रहेको प्रवासी नेपाली मञ्चले अहिलेसम्मको ऐतिहासिक परिणाम ल्याउन सफल भएको छ । आफ्नो स्वार्थी समुहभन्दा समग्र प्रवासी नेपालीको हित हेर्ने टीमलाई सहयोग गर्दै निर्वाचनमा योग्य उम्मेदवार उठाएको कारण प्रवासी नेपाली मञ्चले यो निर्वाचनमा बाजी मार्न सफल भएको हो ।

एनआरएनए अभियन्ताहरुले अमेरिका निवासी प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा र अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिकाज क्षेत्रका इञ्चार्ज प्रभु थापाको पहलकदमीले यो परिणाम आएको जनाएका छन ।

हेर्नाेस सवै उम्मेदवारको मत परिणाम