जनता टाइम्स

१० श्रावण २०८०, बुधबार ०९:४१

प्रचण्ड कम्युनिष्ट नरहेको ठोकुवासहित एमाले प्रवेश गरे माओवादीका यी नेता


मकवानपुर, साउन १० । सत्तारुढ नेकपा माओवादी केन्द्रका जिल्ला नेताहरु सो पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नुभएको छ । माओवादीले कम्युनिष्ट चरित्र गुमाइसकेको भन्दै जिल्लाका चर्चित नेता तथा कार्यकताहरु एमालेमा प्रवेशगरेका हुन ।

यसरी प्रवेश गर्नेमा मकवानपुर प्रवेश गर्नेमा मकवानपुर जिल्ला कमिटी सदस्यहरू दिल दोर्जे पाख्रीन, गङ्गा भट्टराई र नारायण तिमल्सिनालगायत रहनुभएको छ । उहाँहरुलाई एमाले स्थायी कमिटी सदस्य तथा संगठन बिभाग प्रमुख काशीनाथ अधिकारीसहितका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो ।

नवप्रवेसीहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्युनिष्ट नरहेको र पूर्ण दक्षिणपन्थी भएको निष्कर्षमा पुगेको बताए ।