जनता टाइम्स

१० श्रावण २०८०, बुधबार १३:३३

सत्तारुढ दलले देश लुटेर नांगो नाच देखाइरहेका छन, हामी चुप लागेर बस्नु हुँदैन : ओली


काठमाडौं, साउन १० । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी दलले देश लुटिरहेको भन्दै चुप लागेर बस्ने अवस्था नरहेको प्रष्ट पार्नुभएको छ ।

आज बसेको संसदीय दलको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले सत्तारुढ दलले नांगो नाच देखाइरहेकाले एमाले चुप लागेर बस्न नहुनेसमेत बताउनु भएको हो ।

‘सत्ताधारी दलले देश लुटिरहेका छन् नांगो नाच देखाइरहेका छन । अब हामी चुप लागेर बस्नु हुँदैन,’ अध्यक्ष ओलीले भन्नुभयो । एमालेले सुन तस्करीसहितको विषयमा संसदमा उठाउने विषयमा छलफल गर्न संसदीय दलको बैठक बसेको हो ।

सुन तस्करीमा गृहमन्त्रीको भूमिकालाई लिएर एमाले प्रश्न गर्दै आएको छ । सुन तस्करीमा आफूहरूलाई मुछेको भन्दै ओलीले असन्तुष्टि समेत जनाउनु भएको छ ।