काठमाडौं, साउन ११ । राष्ट्रियसभाबाट मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ पुनः पारित भएको छ।
सभाका सचिव डा सुरेन्द्र अर्यालले टेबुल गरेको विधेयक आज सर्वसम्मत पारित भएको हो। सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित पारित गरेको थियो ।
राष्ट्रियसभाबाट संशोधन स्वीकार गरेपछि विधेयक प्रमाणीकरणका लागि बाटो खुलेको छ। अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी अध्यादेशको अवधि सकिएकाले पीडितको न्यायका लागि अर्को केही नेपाल ऐन संशोधनका रूपमा विधेयक ल्याउनुपरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बताउनु भयो।
अनुचित लेनदेनलाई कानुनको दायरामा ल्याउन विधेयकको अत्यावश्यकता रहेको स्पष्ट गर्दै उहाँले आगामी दिनमा अध्यादेशको अवधि हुँदै प्रतिस्थापन विधेयक ल्याउने बताउनु भयो । बिद्येयक पुनः पारित गरेसँगै अब राष्ट्रिय सभाको बैठक साउन १८ गते बिहीबार बस्ने गरी एक साताका लागि स्थगित भएको छ ।













प्रतिक्रिया दिनुहोस्