जनता टाइम्स

११ श्रावण २०८०, बिहीबार १६:५८

माधवलाई कार्यकर्ता जोगाउनै मुस्किल, कर्णालीका बिश्वासपात्र आचार्य एमालेमै फर्किए


काठमाडौं, साउन ११ । नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटी सदस्य निरज कुमार आचार्य एमाले प्रवेश गर्नु भएको छ । जागरकोटको भेरी नगरपालीका वडा नं १३ निवासी आचार्य आज एमालेमै फर्कनुभएको हो ।

आचार्यलाई एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष तेपी शर्मा ओलीले खादा लगाएर स्वागत गर्नुभयो । समृद्द नेपाल निर्माणको अभियान माओवादी र कांग्रेसको फेरो समातेर नहुने भन्दैं नेता आचार्य नेकपा एसका सबैं जिम्मेवारी त्यागेर एमाले प्रवेश गरेको बताउनु भयो । ‘दक्षिणपन्थी अवयरवाद र उग्रवामपन्थी चरित्रको नेतृत्व सत्ता स्वार्थमा लिप्त भएपछि जनता र देशका मुद्दाको सुनुवाई नहुने निष्कर्षका साथ म आफ्नो मूस घरमा फर्केको हुं’ एमाले प्रवेश गर्दैं नेता आचार्यले भन्नुभयो ।

उहााले माधवकुमार नेपालले आफूहरुलाई एमालेबिरुद्ध भडकाएको भए पनि ब्यवहारबाट एमाले र यस्को नेतृत्व नै सही ठहरिएकोले फर्किएको बताउनु भयो । ‘शुरुमा हामीलाई जसरी एमालेप्रती भड्काउने काम गरेपनि सच्चा राष्ट्रप्रेमी र जनपक्षीय काम गर्ने नेततृत्व र बिचार एमालेबाहेक कतैं नभएपछि म एमालेमा लाग्ने निचोडमा पुगें,’ आचार्यले भन्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा कर्णाली प्रचार संयोजक निरज आचार्य, कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदतुमार शाहलगायतका नेताहरुको सहभागि हुनुहुन्थ्यो ।