काठमाडौं, साउन १२ । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि आएको विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो। अब राजपत्रमा प्रकाशित भएपछि कानुनको रुप लिनेछ।













प्रतिक्रिया दिनुहोस्