जनता टाइम्स

१२ श्रावण २०८०, शुक्रबार १६:०१

चन्द्रागिरी नजिक भ्यान दुर्घटना हुँदा दुईको मृत्यु


काठमाडौं, १२ साउन । चन्द्रगिरि नगरपालिका–४ पानीघाटभन्दा माथि हिमचुली भन्ने ठाउँमा बा.१० च ३५४६ नम्बरको भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेर चालकसहित दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले काठमाडौंबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको भ्यानलाई धकेल्दा ओभर स्पिड भएर सडकबाट खसेको देखाएको छ ।