जनता टाइम्स

१४ श्रावण २०८०, आईतवार १३:३०

एक क्विन्टल सुन तस्करी प्रकरणमा ठमेलस्थित भियना होटलका सञ्चालक दावा छिरिङ पक्राउ


काठमाडौं, साउन १४ । बिमानस्थलबाट एक क्विन्टल सुन तस्करी प्रक्ररणमा थप एक जनालाई पक्राउ परेका छन । राजस्व अनुसन्धान बिभागले तस्करी प्रकरणमा ठमेलको होटल भियनाका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको हो ।

सो होटलका सञ्चालक छिरिङलाई आइतबार बिहान विभागले पक्राउ गरेको हो । राजस्व बिभागले सो होटलबाट सिसिटिभी फुटेज र कम्प्युटर पनि जफत गरेर अनुसन्धान सुरु गरेको छ। हंङकङबाट तस्करी भएर नेपाल आएको ठूलो परिमाणको सुनमा छिरिङलाई कनेक्सन देखिएपछि विभागले पक्राउ गरेको हो ।

सो होटल छिरिङकी पत्नीको नाममा रहेको छ । तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र हुन् ।