जनता टाइम्स

१६ श्रावण २०८०, मंगलवार ०८:५१

नेकपा एस छाडेर एमालेमै फर्किए केन्द्रीय सदस्य डिल्ली उप्रेती


काठमाडौँ, साउन १६ सर्लाहीका पूर्वसाँसद तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमैफर्किनुभएको

सोमबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि उप्रेती आफ्नो पुरानै घरमा फर्किएको एमाले सर्लाहीका नेता चूडामणि वाग्लेलेजानकारी दिनुभयो एमाले नेताहरु हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग उप्रेती सोमबार ओली निवासबालकोटपुग्नुभएको थियो त्यस क्रममा उप्रेतीले ओलीसँग १० मिनेट छुट्टै वार्तासमेत गरेको वाग्लेले जानकारी दिनुभयो

एमाले छाडेका उप्रेतीसहितका नेतालाई पुनः पार्टीमा फर्काउन पार्टीका मधेश प्रदेश इन्चार्ज तथा सचिव योगेश भट्टराई, एमाले सांसद हरिउप्रेती, ज्वाला साहलगायत नेताले पहल गर्नुभएको थियो

तत्कालीन हरिवन गाविसका पूर्वअध्यक्षसमेत रहेका उप्रेती ०७४ को स्थानीय चुनावमा हरिवन नगरपालिकाको मेयरको टिकट नपाएपछिरूष्ट हुनुहुँथ्यो सोही वर्ष भएको प्रदेशसभा निर्वाचनमा भने एमालेले उनलाई उम्मेदवार बनाएको थियो

त्यतिबेला माओवादीसहितको वाम गठबन्धनबाट उहाँ सर्लाही () बाट प्रदेशसभा सदस्यमा विजयी हुनुभएको थियो   गत मंसिर०७९ मा एकीकृत समाजवादीबाट पुनः प्रदेश सांसदको टिकट पाएका उप्रेतीले चुनावमा पराजित हुनुभयो

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार उप्रेती माओवादी केन्द्रले साथ नदिँदा पराजित भएको बुझाइ माओवादी केन्द्रबाट बागीउम्मेदवार बनेका जवाहरलाल कुशवाहासँग हारेपछि उहाँ एमालेसँग नजिकिनु भएको थियो