काठमाडौं, साउन १८ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सहभागी हुन काठमाडौं आउनु भएका केन्द्रीय सदस्य बीरेन्द्र यादव बुधवारदेखि सुरु भएको पार्टीको बैठक स्थलमा जानुको साटो एमाले केन्द्रीय कार्यालय च्यासल पुग्नुभयो ।
आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भएको बेला केन्द्रीय समिति बैठककै दिन उहाँले पार्टी परित्याग गर्नुभयो । माओवादीमा बसेर अव मुलुक र जनताको थप बर्वादीको साँक्षी नबन्ने निश्कर्षसहित एमाले मुख्यालय पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि धेरै पहिलादेखि गायव भएको यादवको खुसी फर्कियो । एमाले प्रवेश गर्दाकै क्षण उहाँले त्यो खुसी साटनुभयो ।
बुधवार यादवसहित मधेश प्रदेश समिति सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव पनि एमाले फर्कनुभयो । उहाँहरु तीनै जनाले आफूहरुको खुसी फर्किएको बताउनु भयो ।














प्रतिक्रिया दिनुहोस्