जनता टाइम्स

१८ श्रावण २०८०, बिहीबार १८:१८

संसदीय सुनुवाइ समितिबाट ६ जना राजदूतको नाम सर्वसम्मत अनुमोदन


काठमाण्डौं, साउन १८ । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित ६ जना राजदूतको नाम अनुमोदन गरेको छ ।

सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित ६ जना प्रस्तावित राजदूतको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको समिति सभापति ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । समितिले बुधबार ३ जना र आज ३ जनाको सुनुवाइ सकेर नाम अनुमोदन गरेको हो ।

अनुमोदित हुनेमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका लागि प्रस्तावित लोकबहादुर थापा, स्वीट्जरल्याण्डका लागि प्रस्तावित रामप्रसाद सुवेदी, फ्रान्सका लागि प्रस्तावित सुधीर भट्टराई, थाइल्याण्डका लागि प्रस्तावित धनबहादुर ओली, कुवेतका लागि प्रस्तावित घनश्याम लम्साल र संयुक्त अरब इमिरेट्स ९युएई० का लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्री हुुनुहुन्छ ।

गत असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ६ जनाको नाम राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो । सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै अब उहाँहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूतमा नियुक्त गर्नुहुनेछ ।