काठमाडौं, साउन १८ । सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको नाम सिफारिश भएको छ । आज बसेको संबैधानिक परिषद बैठकले श्रेष्ठलाई सर्वसम्मत रुपमा प्रधानन्यायाधीशमा सिफारिश गर्ने निर्णय लिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै परिषद सदस्य राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले श्रेष्ठको नाम सिफारिश भएको बताउनु भयो । ‘आजको बैठकले पर्सिबाट रिक्त हुने प्रधानन्यायाधीशको पदको नियुक्तिका लागि वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको छ,’ तिमल्सिनाले भन्नुभयो ।
उहाँका अनुसार बैठकले महालेखापरीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि इच्छुकहरुको आवदेन गर्नुपर्ने व्यवस्थाका लागि प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको छ ।













प्रतिक्रिया दिनुहोस्