जनता टाइम्स

१९ श्रावण २०८०, शुक्रबार १८:१५

माओवादी बैठ : महरामाथि भेपमा ल्याइएको ९ किलो सुनको छानबिन गर्न माग


काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रको बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा मुछिएको प्रसंग उठेको छ । बुधबारदेखि प्रज्ञा भवनमा जारी बैठकमा केन्द्रीय सदस्य लेखनाथ दाहालले सुन प्रकरणमा महरा मुछिएको प्रसंग उठाउनुभएको हो ।

उहाँले प्रश्न उठेपछि आफू दोषी छैन भनेर पन्छिन नमिल्ने भन्दै आफैंले छानबिनका लागि सीआईबीमा निवेदन दिनुपर्ने बताउनुभयो ।

पार्टी नेताहरुसँग जोडिएको भ्रष्टाचार र तस्करीको भार पार्टीले नबोक्ने उहाँको भनाइ छ । सीआईबीले केही समयअघि भेपमा ल्याइएको ९ किलो सुनको अनुसन्धान गर्दा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोराको संलग्नता देखिएको छ ।