काठमाडौं, साउन २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशहितका विषयमा कुनै कुरा गर्न नसकेको बताउनुभएको छ ।
पार्टीको विदेश विभागले आज काठमाडौंमा आयोजना गरेको वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धीअन्तक्रिया कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले भ्रमणमा देश हितका पक्षमा केही गर्न नसकेको दोहोर्याउनु भएको हो ।
“अस्ती भरखर प्रधानमन्त्री भारत जानुभो । कुन कुन सम्झौता गर्नुभयो केही बताउनुभएन । जे गर्नु पर्ने हो त्यो गर्नुभएन,” अध्यक्ष ओलीलेभन्नुभयो, “एपीजी प्रतिवेदन सम्बन्धनमा कुरा गर्नुपर्थ्यो । त्यसबारे कुरा गर्नुभएन । हाम्रो सीमाबारे कुरा गर्नुभएन । यस्ता थुप्रै कुराहरूभएनन् । नेपाली आवश्यकता र हित भएनन् । सत्ता स्वार्थ प्रधान भयो राष्टिय स्वार्थ प्रधान भएन ।”
उहाँले छिमेकीसँगै सीमा समस्या हुने भन्दै समाधानका लागि खुलस्त कुरा गर्नुपर्ने समेत बताउनुभयो ।
“सिमानाको समस्या छिमेकीसँगैहुन्छ । जापानसँग कसरी हुन्छ ? सीमा समस्या भारत र चीनसँग मात्रै हुने हो ? अध्यक्ष ओलीले भन्नुभयो हामीले हाम्रो छिमेकीलाईखुलस्त कुरा गर्नु पर्छ । मित्रसँग हामी बोल्न सक्दैनौँ भने के त्यस्तो सत्ता र सरकारको के अर्थ भयो ? कुरा गर्न सकिँदैन भने भ्रमण किनजाने ?”













प्रतिक्रिया दिनुहोस्