जनता टाइम्स

२० श्रावण २०८०, शनिबार १५:२३

यी हुन नेकपा एकीकृत समाजवादी त्यागेर एमाले फर्किएका नेता (सूचीसहित)


सिन्धुपाल्चोक, साउन २० । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इञ्चार्ज सुवास कर्माचार्य जिल्लाका अधिकांश नेता कार्यकर्तासहित नेकपा एमालेमा समाहित हुनुभएको छ ।

आज चौतारामा आयोजित बिशेष कार्यक्रमबीच कर्माचार्यसहितका नेता कार्यकर्ताहरु एमालेमा फर्किनुभएको हो । कर्माचार्यसहितका नेता कार्यकर्तालाई नेकपा एमाले महासचिव शंकर पोखरेल, सल्लाहकार परिषद् सभापति अमृत बोहरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, बागमती प्रदेश इन्चार्ज गुरु बराल, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, जिल्ला इन्चार्ज गोकुल बास्कोटा, अरुण नेपाललगायतका नेताहरुले पार्टीमा स्वगत गर्नुभयो ।

सोही कार्यक्रममा नेकपा एसका केन्द्रीय परिषद् सदस्य उपेन्द्र तामाङ, प्रदेश कमिटी सदस्यहरू शिवराम भट्टराई, ईश्वरी श्रेष्ठ, धननाथ पराजुली, जिल्ला उपाध्यक्ष छिरिङ ग्याल्वो लामा, सचिव दीपक नेपाल, उपसचिव रविकुमार भण्डारीसहित जिल्ला कमिटीका अधिकांश नेताहरु एमालेमा प्रवेश गर्नुभएको छ ।

यी हुन एमाले फर्किएका नेता