काठमाडौं, २२ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्विटजरल्याण्ड प्रस्थान गर्नुभएको छ ।
आइतबार मात्र अदालतले उहाँ र तत्कालिन अर्का पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पक्राउ गर्न बाटो खुला गरेको थियो । अदालतको यस्तो आदेशसंगै उहाँ पक्राउ पर्ने कुरा सामाजिक सञ्जालमा भाइरल थियो । तर, आज एक्कासी उहाँ स्वीटजरल्याण्ड प्रस्थान गर्नुभएको छ । आइतबार(हिजो सम्म समापन भएको स्थायी कमिटीको बैठकमासमेत उहाँको यो विदेश यात्राको चर्चा नभएको श्रोतले बताएको छ ।
तर, उहाँको यो विदेश भ्रमण पूर्वनिर्धारित रहेको उहाँको सचिवालयले जनाएको छ । प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुनका लागि टर्किस एअरको विमानद्वारा आज विहान ७ः३० बजे इस्तानवुल हॅुदै जेनेभा प्रस्थान गर्नुभएको सचिवालयले जनाएको छ ।
हिजो सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा उहॅा जानकार रहेको उहाँको नीजि सचिवालयले जानकारी दिएको छ । ‘सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा शुसासन कायम गर्नुपर्छ’ भन्ने कुरामा उहॅाको दृढ मान्यता रहेको सचिवालयले उल्लेख गरेको छ। उहाँ भदौ १ गते फर्कनु हुने सचिवालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्