जनता टाइम्स

२२ श्रावण २०८०, सोमबार १५:५८

गण्डकी प्रदेशमा एमालेले तोक्यो अधिवेशनको मिति


पोखरा, साउन २२ । नेकपा एमालेको गण्डकी प्रदेशको पहिलो अधिवेशन असोज १५ र १६ गते हुनेभएको छ । एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा आज बसेको प्रदेश कमिटीको बैठकले असोज १५ र १६ गते अधिवेशनको मिति तोकेको हो ।

बैठकले अधिवेशन पोखरामा गर्ने निर्णय गरेको छ । बैठकमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण बिष्ट, स्थायी कमिटी सदस्यहरु किरण गुरुङ, खगराज अधिकारी, थममाया थापासहितका नेताहरुको उपस्थिति रहेको छ ।