भक्तपुर, साउन २३। लगातारको बर्षापछि भक्तपुर पनि डुवानमा परेको छ । भारी बर्षासँगै भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरोले एउटा घर भत्किएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा बीरबहादुर केसीको चार कोठे घर भत्किएको हो ।
घर पछाडिको ढिस्को खस्दा जस्ताले छाएको एक तले घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । सो स्थानमा सशस्त्र प्रहरीको दुवाकोट गण र नेपाल प्रहरीको दुवाकोट अस्थायी प्रहरी पोष्टबाट उद्धार टोली खटिएको छ ।
वर्षाले भक्तपुरका विभिन्न स्थानमा डुबानसमेत भएको छ । बाराहीस्थान, सिद्धी स्मृति अस्पताल लगायतका क्षेत्र डुबानमा परेका हुन् । धान खेत पनि डुबानमा परेका छन । प्रहरीका अनुसार ‘हनुमन्ते लगायतका खोलाहरुको बहाव उल्लेख्य बढेको छ ।













प्रतिक्रिया दिनुहोस्