जनता टाइम्स

२३ श्रावण २०८०, मंगलवार १२:२४

सभामुखसहित शीर्षनेताको बैठक बालुवाटारमा जारी


काठमाडौं, २३ साउन । सदनको अवरोध हटाउन भन्दै सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्षनेताहरुको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा एक क्विन्टल सुन तस्करी प्रकरणममा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल एमालेको मागको विषयमा कुराकानी भइरहेकको छ । उक्त माग राखेर केही दिनयता एमालेले लगाातार सदन अवरुद्ध गर्दै आएको छ ।

जारी बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली तथा यी दलका प्रमुख सचेतकहरू सहभागी छन् । यसअघि सोमबार पनि उनीहरुबीच छलफल भएको थियो । सहमति हुन नसकेपछि सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक आज अपरान्ह ३ बजेका लागि साारिएको छ ।