पोखरा, साउन २४ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आफ्नै भवनदेखि एकल बहुमतको पार्टी निर्माणसम्मका योजना सार्वजनिक गरेको छ । प्रदेश कमिटीले आज पत्रकार सम्मेलन गरी आफ्ना विभिन्न कार्ययोजना सार्वजनिक गरेको हो ।
एमालेको साउन २२ गते सम्पन्न चौधौं पूर्ण बैठक तथा प्रचारसहित विभिन्न बिभागद्वारा निर्मित कार्ययोजना उक्त कार्यक्रममार्फत सार्बजनिक गरिएको हो ।
र्ययोजना अनुसार आगामी असोज १५ र १६ गते प्रदेश कमिटीको अधिबेशन सम्पन्न गर्ने रहेको छ भने गण्डकी प्रदेश कार्यालय सञ्चालनका लागि भवन निर्माण गर्ने, पार्टी सदस्यताको प्रमाणीकरण साउन महिनाभित्र गर्ने, जिल्ला र पालिकाका योजना निर्माण गर्ने, भदौ महिनाभित्र वडा कमिटी निर्माण र बैठक गर्ने, सबै जिल्लामा बिभागको पूर्णता दिने र बार्षिक कार्ययोजना निर्माण गर्ने रहेका छन ।
यसैगरी प्रदेशभरीको प्रचार कार्यलाइ ब्यबस्थित बनाउन जिल्लाका प्रचार भेला र क्षमता अभिमुखिकरण गर्ने, प्रदेशको प्रचार एक्सन प्लान कार्यान्वयन गर्ने, प्रदेश अधिबेशन गर्न बाकी सबै जनसंगठनहरूका अधिबेशन सम्पन्न गरी उनीहरूको बार्षिक कार्यतालिका निर्माण गर्ने, सामुदायिक सरोकारजन्य बिषयको नेतृत्व गर्ने, प्रशिक्षक प्रशिक्षण कार्यक्रम पालिका तहसम्म बिस्तार गर्ने योजना रहेको एमाले उपसचिव एवं प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा गण्डकी इन्चार्ज तथा सचिव गोकर्ण बिष्टले पार्टी कामलाई थप ब्यवस्थित गर्दै एमालेलाई ब्राण्डिङ गर्ने योजना रहेको उल्लेख गर्नुभयो । बिष्टले देशमा अराजकताको अन्त्य गर्ने सामर्थ्य एमालेसंग मात्रै भएको, बिकास र समृद्धिका स्पस्ट खाका समेत आफुहरूसंग मात्रै भएको बताउँद राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता उचो बनाउनेतर्फ केन्द्रीकृत हुन सक्षम नेता–कार्यकर्ता र थप बलियो पार्टी संगठन नै भएको उल्लेख गर्नुभयो ।

सचिब बिष्टले एमालेलाई जनताको बीचमा लोकप्रियताले उचाई दिन सत्तामा हुँदा होस या नहुदा सधैं जनताकै साथमा रहने बताउनु भयो । स्थायी कमिटी सदस्य खगराज अधिकारीले देशलाई बर्बादी तर्फ जान नदिन एमाले थप मजबुत राष्ट्रिय जनसाथका साथ युद्धको अग्रमोर्चामा हुनैपर्ने बताउनु भयो ।
अधिकारीले एमालेलाई अझै प्रभाबकारी भुमिका खेल्न सक्ने एकल बहुमतसहितको पार्टीको रूपमा स्थापित गर्न अब सबै शक्ति केन्द्रित गर्नुको बिकल्प नभएको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्