काभ्रेपलाञ्चोक, साउन २५ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धुलिखेलमा आज बृक्षारोपनदेखि अटोग्राफ भर्ने र सेल्फीसम्म खिच्नु भएको छ ।
सामुदायिक बन उपभोक्ता महासंघले आयोजना गरेको बृक्षारोपन कार्यक्रममा सहभागी हुन आज धुलिखेल आउनुभएका ओलीले सवैसँग सेल्फीसमेत खिचेर खुसी साटनु भयो ।
धुलिखेलको आजको बिशेष कार्यक्रमबारे ओलीले भन्नुभएको छ, ‘धुलिखेलको मज्जै बेग्लै छ । सामुदायिक वन दिवसको अवसरमा आज धुलिखेलमा वृक्षारोपण गरियो । अटोग्राफ भरियो, सेल्फी खिचियो, अनि रमाइलो भेटघाट भयो । सबैलाई धन्यवाद !’















प्रतिक्रिया दिनुहोस्