काठमाडौं, साउन २५ । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन चलिरहँदा झ्याप्प झ्याप्प बत्ति गएपछि कार्यकारी निर्देशक कुलमान घिसिङले नै प्रष्टिकरण दिनुपरेको छ ।
एक बर्षको अवधीमा भएको काम र नाफाबारे जानकारी दिन घिसिङले आज आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा केन्द्रीय कार्यालयमै पटक पटक बत्ति गएपछि उज्यालोका नायक भनेर चिनाइएका घिसिङ अनुहार कालो बनाउँदै प्रष्टिकरण दिन बाध्य हुनुपरेको हो ।
बत्ति घिसिङले सम्बोधन गरिरहेको बेला गएको थियो । पत्रकार सम्मेलनमा घिसिङ बोलिरहेकै बेला झ्याप झ्याप बक्ति गएपछि पत्रकार सम्मेलनस्थल गुञ्जायमान बनेको थियो । सुरुमा २ मिनेट बिजुली जाँदा हलमा गुञ्जायमान भयो । हलको माहोल देखेर घिसिङले पत्रकारहरुलाई आश्वस्त पार्दै भन्नुभयो, ‘सिस्टममा डिस्ट्रब भएको रहेछ, एकछिनमा आउँछ ।’ घिसिङ बोलेको केही समयमै बत्ति आयो तर बिजुली आएको केही समयपछि नै फेरि गयो ।
कार्यकारी निर्देशक कुलमानले पत्रकार सम्मेलन जारी राख्दै भन्नुभयो, ‘प्रसारणलाइनमा गडबड भएर यो लाइन गएको हो ।’ केही बेरमा फेरि लाइन आएको छ ।’ तर त्यसपछि पनि यो क्रम चलिरह्यो ।
बिगत ६ महिनायता नेपाल बिद्युत प्राधिकरणले अघोषित लोडसेडिङ गर्दै आएको आरोप उपभोक्ताको छ । घिसिङले बिनाजानकारी नै अघोषित लोडसेडिङ गर्दै आएको उनीहरुको भनाइ रहे पनि प्राधिकरण मान्न तयार छैन ।













प्रतिक्रिया दिनुहोस्