काठमाडौं, साउन २५ । सुन तस्करीको विषयलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका नेपाली कांग्रेसका सांसद सुनिल शर्माप्रहरीले पक्राउ गरेको छ । शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस सांसद हुन। शर्मा कांग्रेस नेता शेखर कोइरालापक्षका मानिनुहुंछ ।
शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौंकोगोल्फुटारबाट पक्राउ गरेको हो ।
भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाईअनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो ।
उक्त प्रमाणपत्रका आधारमा शर्माले एमबीबीएस अध्ययनगर्नुभएको थियो । शर्मा मेडिकल कलेज सञ्चालक पनि हुन ।













प्रतिक्रिया दिनुहोस्