जनता टाइम्स

२६ श्रावण २०८०, शुक्रबार ०८:३७

एमालेले तोक्यो प्रदेश अधिवेशन प्रतिनिधि छनोटको मापदण्ड र मिति


बुटवल, साउन २६ । नेकपा एमाले लुम्विनी प्रदेश कमिटीले आगामी भदौमा हुने प्रदेश अधिवेशनका लागि प्रतिनिधी छनौट मापदण्ड निर्धारण गरेको छ । आगामी भदौ १६ र १७ गते बुटवलमा आयोजना हुन लागेको प्रथम प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधीहरुको मापदण्ड निर्धारण गरिएको हो ।

साउन २५ गते लमहीमा सम्पन्न आयोजक समितिको बैठकले अधिवेशनमा सहभागीताका लागि १ सय सदस्य वरावर १ जना प्रतिनिधी चयन हुने ब्यवस्था गरेको छ ।
खुल्लातर्फ १ सय जना सदस्य बराबर १ जना, दलिततर्फ ७५ जना बरावर १ जना र छनौट भएका प्रतिनिधिमध्ये एक तिहाई महिला अनिवार्य हुनुपर्ने ब्यवस्था गरेको छ ।

यसका साथै समावेसीतालाई ध्यान दिनुपर्ने ब्यवस्था गरिएको एमाले लुम्विनी प्रदेश प्रचार बिभाग प्रमुख डिआर घिमिरेले बताउनु भयो । त्यसैगरी प्रतिनिधी छनौट गर्दा १ सय भन्दा बढीभई शेष रहेको ५० अंक बरावर एकजना प्रतिनिधि थप हुने ब्यवस्था गरिएको छ ।

घिमिरेका अनुसार लुम्विनी प्रदेशका सम्पुर्ण पालिका र ईलाकालाई आधार मानेर भदौ ९ गते एकैदिन महाधिवेशन प्रतिनिधी छनौट गरिने छ ।