जनता टाइम्स

२८ श्रावण २०८०, आईतवार १५:३५

जुवा खालबाटै २० जना पक्राउ


काठमाडौं, साउन २८ । काठमाडौं महानगरपालिका १७ ढल्कु बस्ने ५१ वर्षीय दिपेन पोडेको सोही ठाउँस्थित ईन्द्रायणी वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा पोडे समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

तनहुँको आबुखैरेनी गाउँपालिका(३ पानीघट्टा बस्ने ४० वर्षीय प्रकाश बगालेको घरमा जुवातास खेलिरहेको अवस्थामा बगाले समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ३ सय १० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।