कैलाली, असोज १६ । कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा शुक्रबार बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीका अनुसार बिहान करिब ५ बजे चौधरीसहित तीन जना च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको थियो।
बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीसँगै गएका अन्य दुई जनाले भने भागेर ज्यान जोगाएका छन्।












प्रतिक्रिया दिनुहोस्