जनता टाइम्स

२९ श्रावण २०८०, सोमबार ०७:०१

कांग्रेस संसदीय दलको बैठक : सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने जोड


काठमाडौं, २९ साउन । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज सकिंदै छ । गत शुक्रबारदेखि जारी बैठक आज सकिन लागेको हो ।

समसामयिक राजनीतिक विषयमा निर्णय गर्दै बैठक आज सकिने प्रमुख सचेतक रमेश लेखकले जानकरी दिनुभयो । बैठकमा सरकारका कामकारबाही, सुन तस्करीलगायत पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा सांसदहरूले आफ्नो धारणा राखेका थिए । १०० किलो सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने धारणासमेत सांसदहरूले राखेका थिए ।

सांसदहरूले मोरङका सांसद सुनिल शर्मा पक्राउको विरोधसमेत गरेका छन् । बैठकमा आइतबारसम्म ५० जना सांसदले धारणा राखेका छन् । आज बिहान ११ बजेदेखि सुरु हुने बैठकमा बाँकी सांसदहरूले धारणा राख्ने छन् । महत्वपूर्ण विषयलाई पारित गर्दै बैठक आजै समापन गरिने प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो ।