काठमाडौं, साउन २९ । नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको पद तथा गोपनीयता शपथ लिनुभएको हो ।
माओवादी केन्द्रका अमनलाल मोदीलाई फिर्ता बोलाएर माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीकी सांसद साहलाई सो मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।
सरकारमा सहभागी जनता समाजवादी पार्टी प्रधानमन्त्री दाहालसँग चिढिएको बेला जनमत पार्टीलाई पुनः सरकारमा सहभागी गराइएको हो ।













प्रतिक्रिया दिनुहोस्