जनता टाइम्स

२९ श्रावण २०८०, सोमबार १४:१८

एमालेले तोक्यो सवै प्रदेशको अधिवेशन मिति : कुन प्रदेशमा कहिले ? (सूचीसहित)


काठमाडौं, साउन २९ । नेकपा एमालेले सवै प्रदेशको अधिवेशन मिति तोकेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले आगामी भदौं १६ बाट सुरु गरी असोज २२ गतेसम्म सम्पन्न गर्ने गरी सवै प्रदेश कमिटीको अधिवेशन मिति तोकेको हो ।

एमाले सचिव तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार लुम्बिनी प्रदशेको अधिवेशन सवैभन्द्या पहिला र सुदुरपश्चिम प्रदेशको अधिवेशन सवैभन्दा पछि हुने भएको छ । जसअनुसार भदौं १६ र १७ गते लुम्बिनी प्रदेशको अधिवेशन हुनेछ ।

यस्तै असोज ५ र ६ गते मधेश प्रदेश, असोज ८ र ९ गते बागमति प्रदेश, १० र ११ गते कर्णाली प्रदेशको अधिवेशन हुनेछ । यस्तै अशोज १२ र १३ गते कोशी प्रदेश, १५ र १६ गते गण्डकी प्रदेश, १९ र २० गते उपत्यका बिशेष प्रदेश र असोज २१ र २२ गते सुदुरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय भएको छ ।

सवै प्रदेश अधिवेशनको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । एमालेले प्रदेश अधिवेशनमा प्रदेश कमिटीका अध्यक्षदेखि सदस्यसम्म सवै प्रतिनिधि चुनिएर आउनु पर्ने मापदण्ड यसअघि नै तय गरिसकेको छ ।