काठमाडौं, साउन २९ । सुन तस्करी प्रकरणको उच्चस्तरीय छानविनको बिषयमा सरकार सहमत नहुँदा आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ ।
सत्ता संरक्षित तस्करी भएको भन्दै नेकपा एमालेले उच्चस्तरीय न्यायिक छानविनको माग राखेपनि सरकार सहमत नभएपछि आज पनि प्रतिनिधिसभाको बैठक अघि बढन नसकेको हो ।
आजको बैठक सुरु हुनसाथ नेकपा एमालेका सांसदहरुसहित कांग्रेस सांसद डा. सुनिल शर्माले हात उठाएर बिरोध गरेपछि सभामुख देवराज घिमिरेले डा. शर्मालाई बोल्न समय दिनुभयो ।
शर्माले आफने धारणा राख्ने क्रममा प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारीको संज्ञा दिँदै माफी र गृहमन्त्रीको राजीनामा नआए आमरण अनशन बस्ने घोषणा गर्नुभयो । शर्मालगत्तै सभामुखले बिरोध गरिरहेका सांसदहरुमध्ये एमालेका मानबीर राईलाई समय दिनुभयो ।

उहाँले सुन तस्करीको उच्चस्तरीय न्यायिक छानविन समिति गठनबिना सदन अघि बढाउन नसक्ने घोषणा गर्नुभयो । राईको भनाई लगत्तै एमाले सांसदहरुले नारावाजी गरेपछि बैठक भदौं ३ गतेसम्मका लागि स्थगित भएको छ । नारावाजीकै बीच सभामुख घिमिरेले भदौ ३ गते दिनको १ बजे बस्ने गरी बैठक स्थगित भएको घोषणा गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्