जनता टाइम्स

२९ श्रावण २०८०, सोमबार १७:२५

नेकपा एकीकृत समाजवादीमा पहिरो जाने क्रम जारी, केन्द्रीय सदस्य चौलागाई एमाले प्रवेश


काठमाडौं, साउन २९ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य साधुराम चौलागाई नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

महोत्तरीको बर्दिबासमा आइतबार आयोजित कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य सुमन प्याकुरेलले केन्द्रीय सदस्य चौलागाईंलगायतका नेता कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।

नेकपा एमाले प्रवेश गर्ने अन्य नेताहरूमा नेकपा एसका प्रदेश कमिटी सदस्य कमला वाइवा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य जिवछ चौधरी लगायत हुनुहुन्छ ।

उहाँहरुले नेकपा एस र माओवादी दुवै कम्युनिष्ट आन्दोलनबिरोधी काममा सक्रिय रहेकोले आफूहरु एमालेमा प्रवेश गरेको बताउनु भयो ।