जनता टाइम्स

२९ श्रावण २०८०, सोमबार १७:२७

एमालेको केन्द्रीय सदस्यमा केदार न्यौपाने र छक्कबहादुर लामा मनोनीत


काठमाडौं, २९ साउन । नेकपा एमालेले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सोमबार बसेको सचिवालय बैठकले उनीहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

एकीकृत समाजवादीका उपाध्यक्ष रहेका न्यौपाने र माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका लामालाई एमालेले केन्द्रीय सदस्य बनाएको हो ।