जनता टाइम्स

३० श्रावण २०८०, मंगलवार १७:१३

एमाले मुख्यालय पुगेर भीम रावलले गरे अध्यक्ष ओलीसँग छलफल, यस्तो छ कुराकानी


काठमाडौं, साउन ३० । नेकपा एमालेका असन्तुष्ट नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ ।

पूर्वउपाध्यक्षसमेत रहनुभएका नेता रावल आज एमाले केन्द्रयि कार्यालय च्यासल पुगेर अध्यक्ष ओलीसँग छलफल गर्नुभएको हो । गत मंसिरमा सम्पन्न निर्वाचनमा अछामबाट सर्वसम्मत रुपमा एकल नाम सिफारिश भए पनि उम्मेदवार नबनाएपछि रावल अध्यक्ष ओलीसँग असन्तुष्ट बन्नुभएको थियो ।

केही समययता रावल अछाममा पार्टी काममा फर्किएपछि आज अध्यक्ष ओलीसँग छलफल गर्नुभएको हो । आजको भेटमा अध्यक्ष ओलीले पार्टी काममा पूर्ववत रुपमा सक्रिय रहन आग्रह गर्नुभएको बुझिएको छ । छलफलको बिषयमा अध्यक्ष ओली र नेता रावलले केही बताउनु भएको छैन ।

एमालेको गत महाधिवेशनमा रावल उपाध्यक्ष पद छाडेर अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्नुभएको थियो ।