जनता टाइम्स

३२ श्रावण २०८०, बिहीबार २०:४५

प्रचण्डलाई कम्युनिष्ट आन्दोलनबिरोधी घोषणा गर्दै एमाले प्रवेश गरे वाइसिएल अध्यक्षसहित ७३ युवा नेता (सूचीसहित)


ललितपुर, साउन ३२ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसिएलका ललितपुर महानगरकमिटी प्रमुखसहित ललितपुरका ७३ जना युवा नेताहरु एमालेमा प्रवेश गरेका छन ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुक र सिंगो कम्युनिष्ट आन्दोलनकै लागि घातक सिद्ध भएको भन्दै युवा नेताहरु सो पार्टी त्यागेर एमालेमा प्रवेश गरेका हुन ।

माओवादी त्यागेर पार्टी प्रवेश गर्ने वाइसीएल ललितपुर महानगरका अध्यक्ष सुजिन महर्जनसहित ७३ जनालाई आज नेकपा एमालेका महासचिव शंकर पोखरेल, ललितपुर एमालेका नेताहरु बाबुराम थापा, पुरुषोत्तम आचार्यसहितका नेताहरुले स्वागत गर्नुभयो ।

हेर्नाेस माओवादी त्यागेर एमाले प्रवेश गर्नेको सूची