काठमाडौं, भदौं १ । भन्सारको सामानमा राखेर भएको सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चिनियाँ नागरिकसँग नेपाली नागरिकता पनि भेटिएको जनाएको छ । ‘उनीहरु नेपाली नागरिकता लिएर नेपालमा बसेको देखिएको र चिनियाँ पासपोर्ट पनि रहेको प्रहरीले जनाएको छ । ब्रेक शुभित्र राखेर ल्याइएको अवस्थामा करिब ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
सुन तस्करी प्रकरणमा सीआईबीले सुन तस्करी र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । सीआईबीका अनुसार टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई, गाउ हुई, झोङ सेक चिन र ताङ पिङ, लिन चुवान पक्राउ परेका छन ।
अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार चिनियाँ नागरिकका नाममा काभ्रे जिल्ला प्रशासनबाट नेपाली नागरिकता जारी भएको पाइएको छ ।













प्रतिक्रिया दिनुहोस्