काठमाडौं, भदौ ३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा सीआईबीलाई निर्णयकर्ता सबैको बयानविनाको अपूरो फाइल नबुझाउन ध्यानाकर्षण गराउनु भएको छ ।
सो प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईसहित निर्णय प्रक्रियामा सहभागी मन्त्रीहरूको बयानविना सीआईबीले आज फाइल बुझाउने तयारी गरेपछि लामिछानेले यस्तो आग्रह गर्नुभएको हो ।
सभापति लामिछानेले फेसबुकमा लेख्नुभएको छ, ‘सीआईबीले गैरकानूनी आदेश नसुनोस, नमानोस। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै विनाको अपूरो अधूरो फाइल पेश नगरोस। गृहमन्त्रीज्यु, केही त गडबड छ‘ ठूलै गडबड छ ।’
लामिछानेले सो प्रकरणमा ठूलै गडबड भएको गृहमन्त्रीप्रति आशंका गर्नुभएको छ । त्यसो त सत्ता गठबन्धनको बैठकले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको बयान नलिने सहमति गरेको सोही अनुसार सीआईबीलाई सरकारले दबाब दिएको आरोप छ । सरकारको दवावकै कारण सिआइवीले बयान नलिई प्रतिवेदन बुझाउने तयारी गरेको हो ।













प्रतिक्रिया दिनुहोस्