जनता टाइम्स

११ भाद्र २०८०, सोमबार १७:२७

दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खडका, यी हुन पदाधिकारी र कार्यसमिति सदस्य


पोखरा, भदौ ११ । दोलखाबाट पोखरामा आएर बसोबास गरेका दोलखालीहरूको संस्था दोलखा पोखरा मिलन समाजको ११ औं अधिवेशन तथा २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

अधिवेशनले धनबहादुर खडका (भरत) को अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा रमादेबी खडका, सचिवमा कमलबहादुर बस्नेत, कोषाध्यक्षमा दाछिरी शेर्पा चयन गरेको छ । यस्तै सदस्यहरूमा रविचन्द्र श्रेष्ठ ,सरिता केसी, गीता श्रेष्ठ, रामजी भण्डारी र रोजिना श्रेष्ठलाई चयन गरेको छ ।

अधिवेशन सो संस्थाका संस्थापक अध्यक्ष यादब बस्नेतले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष नारायण कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा इन्सेक गण्डकी प्रमुख शिब खकुरेल, समाजसेबी पदम ढकाल , कोषाध्यक्ष खुशबहादुर खडका, सचिब कमल बस्नेतले लगायतले मन्तब्य राख्नुभएको थियो ।