काठमाडौं, भदौ १२ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणमा नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधि मण्डल चीन भ्रमणमा जान लागेको छ ।
एमाले महासचिव शंकर पोखरेल नेतत्वको टोली भदौं १६ गते अर्थात शनिवार गोञ्जाउ हुँदै चीनको राजधानी बेइजिङ जाने तय भएको हो । महासचिव पोखरेल नेतृत्वको एमालेको प्रतिनिधि मण्डल झण्डै दुई साता चीनमा रहने छ । महासचिव पोखरेल नेतृत्वको टोलीमा स्थायी कमिटीसदस्यसहित २२ सदस्यीय रहेको बताइएको छ ।
महासचिव पोखरेल नेतृत्वको टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग छलफल गर्ने कार्यक्रम छ चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले एमाले प्रतिनिधि मण्डललाई चीन भ्रमणको निम्तो दिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीले एमालेको उच्च तहको प्रतिनिधि मण्डललाई समेत चीन भ्रमणमा बोलाएको हो। गत जेठ ५ गते नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीले समेत चीन भ्रमण गरेको थियो । साउन २५ गते माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन जानुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्