काठमाडौं, भदौ १३ । इलेक्ट्रिक चुरोट भेपमा सुन ल्याएको प्रकरणमा पक्राउ परेका राहुल महरामाथि अनुसन्धानका लागि पाँच दिनको समय दिइएको छ ।
काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न आज अनुमति दिएको हो ।
राहुललाई बुधबार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो ।













प्रतिक्रिया दिनुहोस्