जनता टाइम्स

१५ भाद्र २०८०, शुक्रबार २०:१५

फुपूको घर हिँडेकी बालिका बलात्कृत


सुर्खेत, १५ भदौ । सुर्खेतको वीरेन्द्रनगरमा अलपत्र परेकी एक बालिका बलात्कृत भएकी छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–३ का सुरेन्द्रबहादुर शाहीलाई प्रहरीले बलात्कार आरोपमा बुधबार पक्राउ गरेको छ । उनीमाथि दैलेखको एक गाउँकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ ।

प्रहरीले अनुसन्धान प्रयोजनका लागि ती बालिकाको नाम ‘६४ वीरेन्द्रनगर’ राखेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी (प्रहरी नायव उपरीक्षक) लक्ष्मण शाहीले अलपत्र परेकी बालिका देखेपछि सुरेन्द्रबहादुरले बलात्कार गर्ने र मारिदिने योजना बनाएको अनुसन्धानबाट खुलेको बताउनुभयो ।