काठमाडौं, भदौ २२ । सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पछिल्लो पटक बाराका शिवकुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो ।
सफरसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । ब्रेक सु भनेर तस्करी गरिएको सुन प्रकरणमा चिनियाँ व्यापारी र उनीहरुसँग साँठगाँठ भएका नेपालीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।
यो प्रकरणमा नेकपा माओवादी केन्द्रका ठूला नेता र उनका परिवारको संलग्नता देखिएको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दिपेशसँग पनि प्रहरीले बयान लिएको छ । यस्तै सुन तस्कर दावा छिरिङसँग माओवादी उपमहासचिव बर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, पुनका भाई प्रनिशको संलग्नता रहेको देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्