जनता टाइम्स

२३ भाद्र २०८०, शनिबार १४:३७

बाँके बस दुर्घटनामा एउटै वडाका ५ जनासहित ७ जनाको मृत्यू, दुई जनाको अवस्था गम्भीर


काठमाडौं, भदौ २३ । बाँकेमा गएराती बस दुर्घटना हुँदा एउटै वडाको पाँच जनासहित सात जनाको ज्यान गएको छ ।

दुर्घटनामा अन्य ३३ जना यात्रु घाइते भएका छन । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा ठाकुरबाबा ९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र बसका चालक जुकबहादुर चन्द र सहचालक रहेका छन । मृतक पाँच जनाको परिचय खुलेपनि सहचालकको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य ३३ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको डिएसपी डाँगीले बताउनुभयो । उहाँका अनुसार घाइते चार जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ । चार मध्ये दुई जनाको अवस्था गम्भीर छ ।

दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किएको थियो । ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको भ्रमण टोली चढेको बस सो बाँकेको शमशेरगन्ज नजिक रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । डिएसपी डाँगीका अनुसार बसमा ४० जना सवार रहेको थिए ।