काठमाडौं, भदौ २३ । सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
भन्सार अधिकृत पुष्पा जोशी, नायव सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपालीलाई सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले आज पक्राउ गरेको हो । पक्राउ परेका कर्मचारीमाथि सुन तस्करीमा अनुसन्धान अगाडि बढाएको छ ।
बिमानस्थलबाट ६१ केजी सुन तस्करी प्रकरणमा यसअघि प्रकाउ परेका भन्सार एजेन्ट, कर्मचारी तथा तस्करमाथिको अनुसन्धानपछि भन्सारका तीन कर्मचारीको संलग्नता खुलेको सिआइवीले जनाएको छ । यसअघि विमानस्थल भन्सारकै दुई अधिकृत गणेश पौडेल र सन्तोष चन्दसहितका चार कर्मचारीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रहरीले यसअघि पक्राउ परेका अधिकृत पौडेलको बयानका आधारमा अरु कर्मचारीको संलग्नता देखिएपछि थप तीन कर्मचारी पक्राउ परेका हुन । सुन तस्करी पकरणमा शनिबार पक्राउ परेका ३ सहित ३१ जना सीआईबीको नियन्त्रणमा छन । सीआईबीले विमानस्थल भन्सारकै उपसचिव श्रीधर टण्डनमाथि पनि अनुसन्धान गरिरहेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्