जनता टाइम्स

२३ भाद्र २०८०, शनिबार १६:३०

एमाले महासचिव नेतृत्वको टोलीले गर्यो चिनियाँ कम्युनिष्ट पार्टीको संग्रहालय अवलोकन


काठमाडौं, भदौ २३ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले जनवादी गणतन्त्र ची राजधानी बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको संग्रहालयको अवलोकन गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताहरुले गरेको कष्टसाध्य संघर्ष र असाधारण वलिदानको जगमा उभिएको चीनको गौरवमय वर्तमानलाई नजिकबाट बुझ्न यो संग्रहालयले सहयोग गर्छ । अवलोकनपछि महासचिव एमाले पोखरेलले यो संग्रहालयले चिनियाँ कम्युनिष्ट पार्टीको गौरवमय इतिहासलाई जीवन्त राखेको बताउनु भयो ।

चिनियाँ कम्युनिष्ट पार्टी अनि चिनियाँ जनताका अग्रजहरुले छिचोलेर आएको बाटो र देखाएको उज्यालोलाई संग्रहित गरेको यो संग्रहालयले इतिहासको सम्झना र अग्रजहरुप्रति सम्मान जगाउने उहाँको भनाई छ ।