जनता टाइम्स

२५ भाद्र २०८०, सोमबार १०:२४

२६ लाख नगदसहित नेपालगञ्ज विमानस्थलबाट सरकारी कर्मचारी पक्राउ


बाँके, भदौ २५ । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलोमात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो । सो रकमको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।